सरोकारवालाहरूसँग अन्तरक्रिया तथा समन्वय बैठक

🕒 २ आश्विन २०८३, शुक्रबार

एकीकृत सेवा कार्यालय पर्वतले आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले सरोकारवालाहरूसँग अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न गरेको छ ।

कार्यक्रममा एकीकृत सेवा कार्यालयका कार्यालय प्रमुख जीवन पौडेलले आर्थिक वर्ष २०८३/८४ मा कार्यालयमार्फत सञ्चालन हुने विभिन्न कार्यक्रम, आगामी योजना तथा कार्यक्रम कार्यान्वयनका विषयमा जानकारी गराएका थिए । उनले कार्यक्रमलाई प्रभावकारी, परिणाममुखी र सेवाग्राहीमैत्री बनाउन सरकारी निकाय, संघसंस्था तथा सामाजिक क्षेत्रसँगको सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

अन्तरक्रिया तथा समन्वय बैठकमा विभिन्न संघसंस्था, सामाजिक क्षेत्र तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले कार्यालयबाट सञ्चालन हुने कार्यक्रमको प्रभावकारिता बढाउन आवश्यक समन्वय, सहकार्य, कार्यान्वयन प्रक्रिया तथा स्थानीय आवश्यकताका विषयमा सुझाव दिएका थिए ।

कार्यक्रममा विशेषगरी सामाजिक विकास, उद्योग तथा पर्यटनलगायतका क्षेत्रसँग सम्बन्धित कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारी तथा गैरसरकारी निकायबीच सहकार्यलाई थप मजबुत बनाउने विषयमा जोड दिइएको थियो ।

कार्यालयले सञ्चालन गर्ने कार्यक्रमबारे सरोकारवालालाई समयमै जानकारी गराउँदै उनीहरूको सुझाव र सहभागिता सुनिश्चित गर्न तथा कार्यक्रम कार्यान्वयनमा अपनत्वको भावना विकास गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो ।

खेल सामाग्री आवश्यक पर्ने संघ संस्था एंवम विद्यालयलाई निवेदन दिनुहुनको लागि प्रकाशित सूचना

गण्डकी प्रदेश पर्वतको संस्कृति संरक्षण कार्यक्रम (मागमा आधारित) को लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना

बौद्धिक अपांगता अटिज्म मस्तिष्क पक्षघात तथा डाउन सिन्ड्रोम भएका बालबालिकाका अभिभावक तथा शिक्षण सिकाइ व्यवस्थापनका लागि आर्थिक सहयोग सम्बन्धि सूचना

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रहरुलाई संचालन अनुदान कार्यक्रमका लागि प्रस्ताव पेश गर्ने सम्बन्धि प्रकाशित सूचना

बालदिवसको अवसरमा ‘रसुवा बाढी पिडित बालबालिकाको साथमा छौ’ भन्ने सन्देश सहित कविता प्रतियोगिता

बालदिवसको अवसरमा रुसुवा बाढी पिडित बालबालिकाको साथमा छौँ भन्ने सन्देश सहित कविता प्रतियोगिता

🕒 २७ भाद्र २०८३, शनिवार

पर्वत जिल्लाका बालबालिकाहरुले विपद् प्रभावित बालबालिकाहरुलाई कविता मार्फत सकारात्मक सन्देश, हौसला र उज्यालो भविष्य प्रति प्रेरित गर्दै उनीहरुको साथ र सहयोगमा आफूहरु संगै रहेको सन्देश कविता मार्फत प्रस्तुत गरेका छन् । गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय पर्वतले राष्ट्रिय बाल दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय कविता वाचन प्रतियोगिताका सहभागी विद्यार्थीहरुले बाढी रुसुवा बाढीबाट प्रभावित बालबालिकाहरुको शिक्षा, स्वास्थ्य संगै उनीहरुको बालअधिकार रक्षा गर्दै सुन्दर भविष्य बनाउन सबैले योगदान दिनुपर्ने साहित्यिक सन्देश प्रकट गरेका हुन् ।

प्रतियोगितामा नारायण मावि की छात्रा रितु फगामीले प्रथम स्थान हासिल गर्न सफल भएकी छन्, भने द्वितीय, तृतीय र सान्त्वना स्थान क्रमशः काफलचौर मावि की खुसिमान गिरिले द्वितीय स्थान, शिवालय मावि की छात्रा गायत्री पौडेलले तृतीय स्थान र कालिगण्डकी एकेडेमीकी छात्रा प्रस्तुती पौडेलले सान्त्वना स्थान हासिल गर्न सफल भएकी छिन् ।

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विदुर शर्मा आचार्यले हरेक बालबालिकाको अधिकार रक्षा गर्दै विपद्बाट प्रभावित बालबालिकाको मनोबल बढाउन यस किसिमको कार्यक्रमको महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

एकीकृत सेवा कार्यालय पर्वतका प्रमुख यस कार्यक्रमबाट बालबालिकामा सिर्जनात्मकता, आत्मविश्वास तथा अभिव्यक्ति क्षमताको विकास हुनुका साथै विपद्बाट प्रभावित बालबालिकाप्रति सद्भाव, सहयोग र अपनत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला बाल अधिकार समितिका पर्वतका अध्यक्ष नवीन जि.सीले पर्वतलाई बालमैत्री जिल्ला स्थापनाको लागि सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले बालबालिकाको सुरक्षा र संरक्षणमा सबै सरोकारवाला निकाय संवेदनशील हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हासिल गर्न सफल विद्यार्थीहरुलाई नगद पुरस्कार क्रमशः रु ५ हजार, तीनहजार पाँचसय, दुई हजार पाँचसय र एक हजार पाँचसय प्रमाणपत्र तथा मेडल प्राप्त गरेका थिए ।

जिल्लाका विभिन्न स्थानीय तहका विद्यालयका विद्यार्थीहरु सहभागी भएको कार्यक्रममा जिल्ला बालअधिकार समिति पर्वत र जिल्ला बाल सञ्जाल पर्वतको समन्वयमा सम्पन्न कार्यक्रम जिल्ला बालसञ्जाल पर्वतका अध्यक्ष निजिता खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन बालसञ्जाल सदस्यता सरस्वती परियारले गर्नुभएको थियो ।