संक्षिप्त परिचय
पर्यटन तथा उद्योग मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय,गण्डकी प्रदेश,पोखरा अन्तर्गत गण्डकी प्रदेशका सबै ११(एघार) जिल्लामा एकीकृत सेवा कार्यालय स्थापना सम्बन्धी संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन -२०८२ गण्डकी मन्त्रिपरिषद् बाट स्वीकृत भए बमोजिम तत्कालिन उद्योग तथा पर्यटन कार्यालय र सामाजिक विकास कार्यालय एकीकृत भई पर्वत जिल्लामा एकीकृत सेवा कार्यालय कुश्मामा आएको छ ।
नेपालले संघीय शासन प्रणालीको अवलम्बन गरे पश्चात राजनीतिकसँगै प्रशासनिक संरचनामा समेत परिवर्तन भएको छ । प्रशासनिक संरचना पनि संघ, प्रदेश र स्थानीय गरी तीन तहमा स्थापना भएको छ । सोही अनुरुप कर्मचारी समायोजनको प्रक्रिया समेत टुंगो लागिसकेको छ । तीनै तहले नेपालको संविधानमा व्यवस्था भए बमोजिम राज्यशक्तिको प्रयोग मार्फत नेपाली जनताको दिगो शान्ति,सुशासन,विकास र समृद्धिको आकांक्षा पूरा गर्न समयानुकूल प्रशासनिक संरचनाको स्थापना,विस्तार,परिमार्जन तथा सञ्चालन गर्ने क्रम जारी नै रहेको छ । संघीय प्रणालीलाई थप सबल बनाउन स्थापना गरिएको यस कार्यालयबाट उद्योग क्षेत्रको विकास र विस्तारका कार्यहरु, पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन तथा सामाजिक विकास तर्फ मूलभूत जिम्मेवारी साविकमा महिला तथा बालबालिका कार्यालय मार्फत हुने (जेष्ठ नागरिक, अपाङ्गताका क्षेत्रमा क्षमता विकास तथा सहायता ,महिला तथा बालबालिका सम्बन्धि) कार्यहरु, शैक्षिक कार्यहरु, जिल्ला भित्रका धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक महत्वको पहिचान बोकेका स्थानहरुको संरक्षण तथा मर्मत संभार,सामुदायिक भवन निर्माण,मर्मत संभार, लगायतका कार्यहरु पर्दछन् ।
फेसबुकमा जोडिनुहोस् ⬇️
सूचना तथा समाचार
खेल सामाग्री आवश्यक पर्ने संघ संस्था एंवम विद्यालयलाई निवेदन दिनुहुनको लागि प्रकाशित सूचना
6 November 2026
6 November 2026
विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्ने संघ-संस्थालाई अनुदानको लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
6 November 2026
प्रविधि हस्तान्तरणको लागि प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना
6 November 2026
सम्बन्धित रेकर्ड फेला परेन।